अर्जेन्टिनालाई विश्वकप विजेता बनाउने मेस्सीको अन्तिम मौका

Advertisement

एजेन्सीः फिफा विश्वककप २०१८ को उपाधि राष्ट्रकोरुपमा हेरिएको अर्जेन्टिनाका भरपर्दा खेलाडी लिओनेल मेस्सीको विश्वकप जित्ने अन्तिम मौका हो, अबको १० दिनपछि सुरु हुने प्रतियोगिता । विश्वकै सर्वश्रेष्ठ खेलाडीमध्येका एक उनी विश्वकपको उपाधि नजिक पुगेर पनि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकको फाइनलमा पराजित भएको थियो ।

२१ वर्षकै उमेरमा ‘बेलोन डी ओर’ उपाधि जितेका उनले त्यसयता विश्व फुटबलमा तहल्का पिटिरहेका छन् । मेस्सीको खेल शैली र क्षमताका कारण विश्वका उतकृष्ट खेलाडीमध्येको एक बन्न सफल भएका हुन् ।

३० वर्षीय बार्सिलोनाका फरवार्ड मेस्सीलाई विश्वकै महान खेलाडी डिएगो म्याराडोनासँग तुलना गरिन्छ । उनले क्लब फुटबलबाट जित्न केही बाँकी छैन । तर, देशका लागि मेस्सीले कुनै पनि उपाधि उचाल्न सकेका छैनन् ।

विश्वकपका प्रत्येक संस्करणमा उपाधिको दाबेदार मानिने अर्जेन्टिनालाई मेस्सीको आगमनपछि बलियो टोलीकोरुपमा हेर्न थालियो । मेस्सीसहितको अर्जेन्टिनाले सन् २००६ मा र २०१० को विश्वकपमा क्वाटरफाइनलबाट घर फर्कियो ।

ब्राजिलमा आयोजना भएको सन् २०१४ को विश्वकपमा जर्मनीसँग फाइनलमा पराजित भएसँगै मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताउने मौका लगभग सकियो । अब मेस्सी र अर्जेन्टिनाको लागि विश्वकप जित्ने अन्तिम मौका यहि हुन सक्छ ।

Advertisement

Advertisement

Advertisement