ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्यको उम्मेदवारी घोषणा

Advertisement

काठमाडौंः नेपाल ट्रेड यूनियन काँग्रेसको छैठौं महाधिवेशनको लागि पुस्कार आचार्यले अध्यक्ष पदको लागि उम्मेदारी घोषणा गरेका छन् । नेपाल ट्रेड यूनियन काँग्रेसले पत्रकार सम्मेलन आयोजना गरि आचार्यलाई अध्यक्षको उम्मेदवारीको रुपमा अघि सारेको हो ।

अध्यक्षका उम्मेदवार आचार्यले सबैलाई मिलाएर श्रमिकहरुका मागहरुलाई सम्बोधन गर्न र ट्रेड युनियनको साख जोगाउनको लागि अध्यक्षको उम्मेद्वारी दिएको बताए । ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतले काँग्रेसले चुनाव हार्नुको कारण टिकट वितरणमा मनि र मसलको प्रयोग भएकोले हो भने ।

उनले भने, ‘काँग्रेस विभिन्न गुटमा विभाजित भएको सत्य हो । आजको दिनमा पुष्कर आचार्यको टिमलाई कुन पक्षको हो भन्नु होला । यो काँग्रेसको हो । सबै साथीहरुको बीचमा सहमति भएरै उहाँलाई अघि सारेका छौं । मिलेर संगठन र हक अधिकारको बारेमा लाग्नेमा साथ दिन सबैलाई आग्रह गर्दछु ।’

कार्यक्रममा ट्रेड युनियन काँग्रेसका महासचिव महेन्द्र यादवले संविधान समाजवाद उन्मुख भए पनि मनोदशा निश्चित घेरामा बाँधिएको बताए ।

उनले भने, ‘संविधान समाजवाद उन्मुख छ । यसमा दुईमत छैन् । तर, संविधान कार्यान्वयनमा त्यस्तो देखिएन । सरकारले यूवाहरुलाई रोजगार दिनसक्ने स्थिति छैन् । नारामा मात्रै परिवर्तन भयो भन्नुको कुनै अर्थ हुँदैन । ४० लाख श्रमिकहरुले खाडिमा रगत र पसिनासँग साटेको रिमिट्यान्सले मुलुक धानेको छ । यता सरकारले ठूला कुरा मात्रै गर्छ काम गर्दैन, अब ट्रेड युनियन काँग्रेसले श्रमिकका आवाजहरुलाई जोडतोडका साथ उठाउनेछ ।’

पूर्व सांसद अच्युतराज पाण्डे, रामजी कुँवर, गणेश निरौला, लगायतले आफ्ना कुराहरु राखेका थिए । यही जेठ २९ देखि ३१ गतेसम्म राजधानीमा हुने राष्ट्रिय महाधिवेशनमा १६ सय बढि प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement