छोरोको बलात्कार गरी हत्या भएपछि पीडित आमा न्याय खोज्दै काठमाडौं आइपुगिन

Advertisement

काठमाडौंः अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षीया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् ।

मृतक नेपालीकी आमाले पत्रकार सम्मेलन गरेर गत वर्ष पुस ९ गते कालिका मन्दिरमा मृत भेटिएकी समिताको आत्महत्या नभई हत्या नै भएको दाबी गरेकी छन् । मृतक नेपालीकी आमा लिला नेपालीले अर्घाखाँचीको प्रशासनले न्याय नदिएको बताउँदै बाध्य भएर आफू न्यायको लागि काठमाडौं आइपुगेको बताइन् ।

उनले भनिन्, ‘मेरो छोरीको हत्या हुनपूर्व २०७३ साल माघ ७ गते बलात्कार हुनु र त्यसको करिब एकवर्षपछि हत्या हुनु सामान्य रहस्य होइन । मेरी छोरीको बलात्कारपछि हत्या नै गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा मैले न्यायको लागि धेरै आग्रह गरें । तर, राज्यले बलात्कारी राजु अधिकारीलाई समात्न पनि सके । त्यसपछि नाटकीय रुपमा छोरीलाई मृत्युको मुखमा पुर्यायो ।’

छोरीको बलात्कारपछि हत्या भएपछि जिल्लामा आफूले न्यायको लागि धेरै पैतला खियाएको उल्लेख गर्दै लीला नेपालीले भनिन्, ‘जुत्ता फाटे तर मैले न्याय पाइन । त्यसैले म पत्रकारहरुको शरणमा आएकी हुँ । दोषीलाई तत्काल समातेर कारबाही गरियोस् । छोरीको हत्यारालाई समातियोस् । गत वर्ष पुस ६ गते बिहान काठमाडौं कोठाबाट स्कुल गएकी छोरी ११ बजेसम्म घर नफर्केपछि खबर गरियो, खबर गर्दाखेरी मैले मेरै जातको केटासँग बिहे गरेर हिँडेको खबर आयो । त्यसको तीन दिनपछि मृत भेटिएको खबर भूमिकास्थान नगरपालिकाकै झबिन नेपालीले दिएको र मोबाइलमा उसैको धम्किपूर्ण एसएमएस भेटिएको थियो । त्यति प्रमाण हुँदा पनि प्रहरीले उनलाई केही समयसम्म निगरानीमा राखे पनि अहिले खुल्लम खुल्ला हिँडिरहेको छ ।’

त्यस्तै, मानव अधिकार परिषदका अध्यक्ष तुलसी थापाले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने, ‘भारत, अमेरिका, बेलायतलगायत अन्य देशमा बलात्कारीलाई फाँसीको सजाय दिने कानून छ । हाम्रो देशमा किन नहुने ? २०७१÷०७२ को तथ्याङ्कलाई हेर्ने हो भने पछिल्ला वर्षमा ३० प्रतिशतले बलात्कारका घट्नाहरु बढेका छन् ।’

Advertisement

Advertisement

Advertisement