नवउद्यमीहरुलाई प्रोत्साहन गर्न आयोजित ‘स्टार्टअप शोकेस एण्ड एक्सपो’ सम्पन्न

Advertisement

काठमाडौंः औद्योगिक व्यावसाय विकास प्रतिष्ठान (आइईडीआई) र निजी क्षेत्रको संयुक्त आयोजनामा सोमवार आइईडीआई भवन त्रिपुरेश्वरमा ‘स्टार्टअप शोकेस एण्ड एक्सपो’ सम्पन्न भएको छ । मेलामा विभिन्न क्षेत्रका व्यवसायमा आबद्ध रहेका ३० भन्दा बढी युवा उद्यमीहरुको सहभागीता रहको आयोजकले जनाएको छ ।

सरकारी र निजी क्षेत्रको सहकार्यमा आयोजित उक्त मेला नेपालमा पहिलो भएको बताइएको छ । एक्सपोले उद्यागीहरुलाई सम्बन्धित व्यावसायको बजार बुझ्ने तथा आफ्ना वस्तु तथा सेवामा ल्याउनुपर्ने सुधारका लागि सिक्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ ।

युवालाई नेपालमै उद्यम गर्नमा प्रेरित गर्ने वातावरण सृजना गर्नलाई आवश्यक सहयोग गर्ने उद्धेश्यले प्रदर्शनीको आयोजना गरिएको आयोजकले बताएको छ ।

Advertisement

Advertisement

Advertisement