कतारमा नेपालीलाई हत्या अभियोगमा गोली हानी मृत्युदण्ड दिने फैसला

Advertisement

काठमाडौंः कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

यो फैसलाउपर नेपाली दूतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । औरही १ महोत्तरीका चौधरी हत्या अभियोगमा २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए ।

अदालतले मृत्यु नभएसम्म गोली हानेर मृत्युदण्ड दिने फैसला सुनाएको हो । पुनारावेदनमा बहस गर्न झन्डै ३० हजार रियाल करिव ६ लाख रुपियाँ लाग्ने भन्दै दूतावासले बजेट उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Advertisement

Advertisement

Advertisement