अनुचित भन्दै अख्तियारले चार हजारभन्दा बढि उजुरी तामेलीमा राख्यो

Advertisement

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भ्रष्टाचार र भ्रष्टाचार जन्य उजुरीहरु मध्ये चार हजार बढी उजुरी तामेलीमा परेको आयोगले जनाएको छ ।

यो आर्थिक वर्ष २०७४।७५ को २०७४ साउन १ देखि २०७५ बैशाख मसान्तसम्मको उजुरीमध्ये तामेलीमा परेका उजुरी भएको आयोगका सहसचिव रामेश्वर दंगालले बताए ।

आयोगले चार हजार १६६ उजुरीलाई तामेलीमा राखेको उनले बताए । दंगालले तथ्यहिन र आधारहिन भएकैले धेरै जसो उजुरीहरुलाई तामेलीमा राख्नुपरेको तर्क गरे । उनले भने, ‘कुनै उजुरी दुःख दिने नियतले दर्ता गरेको हुन्छ । त्यस्ता तथ्यहिन, आधारहिन र प्रष्ट नभएका उजुरी प्रारम्भिक अनुसन्धानबाटै तामेलीमा परेको छ ।’

तामेलीमा गएका अधिकांश उजुरी अनुचित कार्य अन्तर्गतको पर्ने र आयोगले संबैधानिक क्षेत्राधिकार भित्र अनुचित कार्य नपरेकोले पनि त्यस्ता उजुरी तामेलीमा पर्ने गरेको आयोगका सहसचिब दंगालले बताएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Advertisement

Advertisement

Advertisement