विश्वकपमा इतिहास रच्ने दाउमा ब्राजिल र जर्मनी, प्रतियोगितामा अन्य टोलीको पनि बलियो दावेदारी

Russia-World-Cup-logo

फाइल फोटो

मस्कोः विश्व फुटबलको २१औं संस्करण विश्वकप २०१८ प्रतियोगिताको लागि सहभागी सबै ३२ टोलीले राष्ट्रिय टिमको टुंगो लगायका छन् । रसियामा हुने उक्त प्रतियोगिता सुरु हुन मात्र ९ दिन बाँकी रहँदा सबै टोलीले खेलाडीको टुंगो लगाएका हुन् ।

विश्वकपमा सहभागी भइरहेका सबै देशले २३ सदस्यीय खेलाडीको नाम घोषणा गरेका छन् । प्रतियोगितामा उपाधिको सबैभन्दा बलियो दावेदार ब्राजिल, जर्मनी, फ्रान्स, अर्जेन्टिना जस्ता टोलीले विश्वस्तरिय खेलाडीको साथमा विश्वकपको यात्रा गर्ने छन् ।

united_cement

यस्तै, आयोजक रुसदेखि एसियन, दक्षिण अफ्रिकी टोली, युरोपियन टोली र उत्तर अमेरिकी टोली विश्वकपमा नयाँ इतिहाँस रच्ने दाउमा छन् । ब्राजिल छैटौं पटक, जर्मनी पाँचौ पटक, अर्जेन्टिना तेस्रो पटक र फ्रान्स दोस्रो पटक विश्व विजेता बन्ने लक्ष्यमा छन् ।

बलिया र उत्कृष्ट टोली विश्वकप जित्ने लक्ष्यमा हुँदा बेल्जियम, पोर्चुगल, इंग्ल्याण्ड र उरुग्वे पनि सुनौलो इतिहास रच्ने अवसरको खोजीमा छन् ।