एनमएमबी बैंकको एक करोड १४ लाख कित्ता एफपीओ निष्काशन सुरु

Advertisement

काठमाडौंः एनएमबी बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्काशन गरेको छ । बैंकले एक सय रुपियाँ अकिंत साधारण सेयर ३३३ रुपियाँमा एफपीओ निष्काशन गरेको हो ।

आवेदकले न्युनतम १० कित्तादेखि अधिकतम ५७ हजार ७० कित्तासम्मको लागि आवेदन दिन पाउँनेछन् । एफपीओ खरिद बिक्रीका लागि छिटोमा जेठ ३० गतेदेखि ढिलोमा असार २८ गतेसम्मको समयसिमा दिइएको छ ।

एफपीओका लागि एनएमबी बैंकको सबै कार्यालय र सीआस्वा सदस्य बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सकिनेछ । एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।

Advertisement

Advertisement

Advertisement