राष्ट्रिय वाणिज्य बैकको नयाँ शाखा र्जुनचौपारीमा

Advertisement

र्जुनचौपारीः स्याङ्गजा जिल्लाको अर्जुनचौपारी गाउंपालिकामा राष्ट्रिय वाणिज्य बैकले आफ्नो एक सय ९०औं शाखा सञ्चालनमा ल्याएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले उद्घाटन गरेपछि औपचारिकरुपमा सञ्चालनमा आएको हो ।

सुचना मन्त्रालयका सचिव गुरुङ्गले सरकारको नीति अन्तर्गत सबै स्थानीय निकायमा बैंकको शाखा पुर्याउने उद्धेश्यअनुरुप ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताए ।

उनले यस क्षेत्रमा एक सय २८ वटा ल्याण्डलाइन टेलिफोन सेवा वितरण गर्ने र मोवाइल सेवालाई थप भरपर्दो बनाउने विचार व्यक्त गरे । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा वैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुंच विस्तार गरिने वताए ।

नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गरे । बैंकको पोखरा क्षेत्रीय कार्यालयका उपप्रमुख जग जीवनराम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा, अर्जुनचौपारी गाउंपालिका अध्यक्ष श्री दीर्घनारायण अर्याल, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement