ओरेन्टल सहकारी ठगी प्रकरणका नाइके सुधिर बस्नेत छुटे

Advertisement

काठमाडौंः ओरेन्ट सहकारी ठगी प्रकरणमा जेल परेका नाइके सुधिर बस्नेत सोमबार जेलबाट छुटेका छन् । १० अर्ब ठगी प्रकरणमा २०७३ साल पुस १३ गते पक्राउ परेका उनी सोमबार डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएका थिए । बस्नेतलाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले दुई वर्ष जेल सजाए र पाँच करोड ९१ लाख ९७ हजार रुपियाँ जरिवाना तोकेको थियो ।

यस्ते ठगीकै अर्को मुद्दामा छ महिना जेल र चार लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो । भक्तपुर अदालतले पनि दुई वर्ष जेल र ८४ हजार कैद र ८४ हजार छ सय ४८ रुपियाँ जरिवाना सुनाएको थियो ।

Advertisement

Advertisement

Advertisement