मोरङका अधिकांश क्रसर उद्योग मापदण्ड विपरित

Advertisement

मोरङः जिल्लामा सञ्चालित २२ क्रसर उद्योगमध्ये १७ वटा उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । अनुगमनका क्रममा मोरङका अधिकांश क्रसर उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको भेटिएको हो ।

जिल्लामा सञ्चालन भइरहेका २२ मध्ये पाँच वटा उद्योगले मात्र मापदण्ड पूरा गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । तर, सञ्चालनमा रहेका सबै उद्योगले दर्ता गरेका छन् ।

क्रसर उद्योगहरुलाई मापदण्डमा ल्याएर सञ्चालन गर्न निर्देशन दिएको बताइएको छ । मापदण्ड विपरित क्रसर उद्योग, मापदण्ड विपरित चलेका ढुंगा गिटी खानी लगायतका विषयमा अध्ययन गर्न गठन भएको टोलीले उक्त निश्कर्ष निकालेको हो ।

Advertisement

Advertisement

Advertisement