लाभकरले गर्दा आजको सेयर कारोबार ठप्प, लगानीकर्ता आक्रोसित

nepse

काठमाडौंः सरकारले बजेटमार्फत पूँजी बजारमा पूँजीगत लाभकर बढाउने निर्णय गरेसँगै त्यसको विरोधमा लगानीकर्ताहरुले मंगलवार सेयर कारोबार ठप्प पारेका छन् । सरकारको उक्त निर्णयप्रति विरोध जनाउँदै लगानीकर्ताले मंगलवार कारोबार ठप्प पारेका हुन् ।

आन्तरिक राजस्व विभागले हकप्रद सेयर तथा बोनस सेयरको लागत मूल्य गणना गर्दा सेयरको अंकित चुक्ता मूल्यलाई लागत लिई लाभकर लिन निर्देशन दिएपछि सोमवारदेखि सेयर लगानीकर्ता आन्दोलनरत छन् ।

united_cement

अर्थमन्त्रालय र लगानीकर्ताबीच सोमबार वार्ता भए पनि कुनै निर्णय हुन सकेन । सेयर लगानीकर्ताले सोमबारनै कारोबार ठप्प पार्ने बताएपनि ४२ करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।

लगानीकर्ताले आजभने नेपाल स्टक एक्सचेनजको कार्यालय घेराउ गरेर नै कारोबार बन्द गराएका हुन् । सेयर लगानीकर्ताको पछिल्लो आन्दोलनका कारण सरकारले लिएको निर्णय फिर्ता हुने सम्भावना बढेको बताइएको छ ।

अर्थमन्त्री डा युवाराज खतिवडाले लाभकरका विषयमा पुनविचार गर्न सकिने बताएपछि लगानीकर्तामा सरकार प्रति आशा पलाएको छ । सरकारले ब्रोकर कम्पनीको सुरक्षाका लागि प्रहरी परिचालन गरेको थियो ।