फ्लोगार्ड सीपीभीसी पाइप उत्पादन गर्दै आएको मार्भल टेक्नोप्लाष्टले आयोजना गर्यो ‘मार्भेलस नाइट’

Advertisement

काठमाडौंः नेपालमा पहिलो पटक अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाइपहरु उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लाष्ट प्रालिले शनिबार बिर्तामोडमा र आइतबार इटहरीमा इन्जिनियर, डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’ आयोजना गर्यो ।

‘मार्भेलस नाइट’ मा ७०० भन्दा बढि डिलर तथा डिष्ट्रिब्युटरहरु सहभागी रहेको सो कम्पनीले जनाएको छ । कार्यक्रममा मार्र्भेल टेक्नोप्लाष्ट प्रमुख पवनकुमार संचेतीले आर्थिक विकाससँगै निर्माण कार्यले समेत गति लिने वातावरण बन्न लागेको अवस्थामा निर्माण सामग्रीहरुको बजार राम्रो रहेको बताए ।

उनले उपभोक्तासम्म गुणस्तरयुक्त पाइपहरु पुर्याउन आफूहरु प्रतिवद्ध रहेको भन्दै मार्भेलस नाइट डिलर र डिष्ट्रिब्युटरहरु एकले अर्कोलाई चिन्ने, समस्यालाई समाधान गर्ने, नयाँ सम्भावना पहिल्याउने माध्यम भएको बताए ।

छोटो समयमै बजारमा राम्रो उपस्थितिप्रति कम्पनी गर्व गर्छ भन्दै मार्भल टेक्नोप्लाष्टले यो सशक्त उपस्थिति म्यानुफ्याक्चरका लागि मात्रै नभएर डिलर डिष्ट्रिब्युटरका लागि पनि खुशीको कुरा हो भनेको छ । आफूहरुको उपस्थिति गुणस्तरसहित तथा आधुनिक प्रविधिमा आधारित छ भन्दै कम्पनीले मार्भेल टेक्नोप्लाष्टले अहिलेको प्रतिस्पर्धी बजारमा उपभोक्ताहरुमाझ मार्भल ब्राण्डप्रति बढी भरोसा गर्ने स्थिति बन्दै गएको जनाएको छ ।

कम्पनीले यसको मुख्य कारण आफ्ना उत्पादनहरु वातावरणमैत्री, टिकाउ, गुणस्तरीय र किफायती भएर नै हो भन्दै अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको सहकार्यले उपभोक्ताको विश्वासलाई थप पुष्टी गर्दछ भनेको छ ।

लुब्रिजोल सीपीभीसी टेक्नोलोजी र केमिकल इनोभेशनमा लिडिङ कम्पनी हो । लुब्रिजोलले विश्वका १३० भन्दा बढि मुलुकसँग टाइअप गरेर आफ्नो उपस्थिति जनाएको छ । लुब्रिजोलको प्रविधिमा आधारित भारतमा दुईवटा र नेपालमा एउटा प्लान्ट सञ्चालनमा छ । पचास बर्षको इतिहास बोकेको अमेरिकी कम्पनीसँग सहकार्य गरेर मार्भेल टेक्नोप्लाष्टले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकताअनुसारका उत्पादनहरु दिन सफल भएको मार्भल टेक्नोप्लाष्टको भनाई छ ।

मार्भेलले आफूहरुले उत्पादनहरु ल्याबमा परीक्षण गरेपछि मात्रै बजारमा ल्याउने गरेको भन्दै मार्भलका अक्वाफ्लो पीभीसी पाइपहरु एनएस र सीपीभीसी पाइप एनएसएफ सर्टिफिकेट प्राप्त रहेको जनाएको छ । यी पाइपहरुमा बलियो र उच्च चाप बहन गर्न सक्ने क्षमता रहेको, यसको थर्मल एक्सपान्शन अर्थात पाइपको साइज घटबढ हुने समस्या न्यून रहेको, यो पाइपमा कुनै पनि लेउ लाग्ने वा पानी बग्ने प्रवाहमा अवरोध हुने नहुने दावी गरेको छ ।

उपभोक्ता के कुरामा निश्चिन्त भए हुन्छ भने यो भनेको वान टाइम इन्भेष्टमेन्ट हो भन्दै कम्पनीका प्रमुख संचेतीले मानिसले जीवनमा घर प्रायः एक पटक मात्रै बनाउने भएकाले गुणस्तरसँग सम्झौता गर्न नहुने बताउँछन् ।

एक पटक पाइप फिटिङ गरिसकेपछि बीचमा खिया लाग्यो वा पानी चुहियो भनेर फेर्नुपर्ने अवस्था नआओस भन्ने सबैको चाहना हुन्छ भन्दै उनले त्यसको सुनिश्चितता मार्भेलका पाइपहरुले गर्ने दावी गरे ।

अन्य कुनै पाइप प्रयोग भएको छ र मार्भलको पाइप हाल्नुपर्यो भने पनि जडान गर्न सजिलै सकिने, यसका पाइप जडान गर्दा स्पेस थोरै खाने, भित्ता थोरै काटेर, सिमेन्ट बालुवाको थोरै प्रयोगले यो पाइप जडान गर्न सकिने, कोल्ड वेल्डिङ प्रोशेसबाट पाइप जडान हुने भएकाले पानी लिक हुने कुनै समस्या नहुने जनाइएको छ ।

साथै, मार्भेलको फ्लोगार्ड पाइपले पानीमा हुने किटाण्ुा वृद्धि हुनबाट रोक्छ भन्दै कम्पनीले नेपाली बजार सुहाउँदो फ्लोगार्ड पाइप विश्वकै उत्कृष्ट हट एण्ड कोल्ड वाटर सिस्टममा आधारित रहेको बताएको छ । छोटो समयमा आफूहरुले बजारमा राम्रो रेस्पोन्स पाएको भन्दै संचेतीले आफूहरुले उपभोक्ताको विश्वास जितेको र कम्पनीले ल्याएको गुणस्तर प्रवद्र्धन नीति सफल हुँदै गएको दावी गरे ।

अन्वेषणकर्ताको अन्वेषणका आधारमा आफूहरुले काम सुरु गरेकाले नेपाली बजारमा मार्भलका उत्पादन स्थापित हुन्छ भन्ने कुरामा हामीलाई शंका नरहेको संचेतीको भनाई छ । एनएसएफ एप्रुभ्ड सीपीभीसी कच्चा पदार्थबाट पाइपहरु उत्पादन हुने भएकाले गुणस्तरमा कसैले शंका गर्ने ठाउँ नरहेको उनले बताए ।
निजी आवासदेखि ठूला अपार्टमेन्ट, कार्यालय भवन र व्यापारिक कम्प्लेक्सहरुको निर्माण बढ्ने क्रमसँगै सीपीभीसी पाइपहरुको माग बढ्दै गएकाले उक्त माग पूर्ति गर्न आफूहरु सक्षम रहेको मार्भलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । आगामी दिनमा आफ्नो नेटवर्कलाई थप विस्तार गरी ग्रामीण क्षेत्रसम्म सहज आपूर्तिको व्यवस्था गर्ने योजना बनाएको मार्भेल टेक्नोप्लाष्टले यसका बारेमा जनतालाई अझै धेरै परिचित गराउन बाँकी रहेको बताएको छ ।

विराटनगरमा रहेको मार्भल पाइपको उद्योगले मुलुकका अधिकांश स्थानमा आफ्ना उत्पादनहरु पु¥याउन सफल भइसकेको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरका पाइपहरु उत्पादन सुरु भएपछि भारतबाट आउने क्रम निकै घटेको जनाएको छ । निर्माण सामग्री विकासको पूर्वाधार र अर्थतन्त्रको आधार पनि भएकोले सरकारले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने जरुरी रहेको कम्पनीका प्रमुख संचेती बताउँछन् ।

Advertisement

Advertisement

Advertisement