एलजीका उपभोक्ता र नेपाली फुटबल क्षेत्रका अगुवाबीच अन्तरक्रिया

Advertisement

काठमाडौंः विश्वकप फुटबल नजिकिँदै गर्दा नेपालको फुटबल क्षेत्रका जानकारहरुसँग एलजीका उपभोक्ताहरुले अन्तरक्रिया गरेका छन् ।

सितापाइलास्थित एलजीको शोरुममा आयोजित मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टिमका प्रशिक्षक राजु शाक्यलगायतसँग एलजीका उपभोक्ताले विश्वकप फुटबल तथा एलजी ब्राण्डका बारेमा अन्तरक्रिया गरेका हुन ।

एलजी लाइफस्टायल सप प्रालिका सञ्चालक योगेश श्रेष्ठले विश्वकप फुटबल नजिकिरहेको बेला फुटबल क्षेत्रका जानकार एवं परिचित व्यक्तित्वहरुसँग एलजीका स्थानीय नियमत ग्राहकहरुसँग अन्तरक्रिया गरिएको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केही काम गरौं भन्ने उद्देश्यले यस किसिमको कार्यक्रम गरिएको भन्दै यस अन्तरक्रियाले उपभोक्तालाई विश्व फुटबल र एलजीका बारेमा थप ज्ञान हासिल गर्न सहयोग पुगेको बताए ।

यसअघि एलजीका अन्य शोरुममा पनि यस किसिमको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सितापाइलास्थित शोरुममा प्रशिक्षक शाक्यले आफ्नो विगतको फुटबल अनुभव सुनाउनुका साथै तस्विरहरु देखाएका थिए ।

शोरुमका सञ्चालक श्रेष्ठले विश्वकप फुटबललाई लक्षित गरी एलजीको विशेष अफर सुरु भइसकेको भन्दै यस अवसरमा लक्ष्यअनुसार एलजीका टेलिभिजनहरु बिक्री गर्न सितापाइला वरपरका क्षेत्रमा पम्प्लेटहरु बितरणका साथै सामाजिक सञ्जालमार्फत सन्देशहरु प्रवाह गर्ने काम गरिने बताए ।

Advertisement

Advertisement

Advertisement