नेपाल ल्याउँदै गरेको ३१ लाख भारुसहित दुई पक्राउ

Advertisement

वीरगञ्जः रक्सौलबाट वीरगञ्जतर्फ ल्याउँदै गरेको ३१ लाख ८० हजार भारुसहित दुई पक्राउ परेका छन् । प्रहरीले नेपालमा प्रतिबन्धित भारु नेपाल ल्याउँदै गर्दा एक भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा रक्सौलहुँदै वीरगञ्ज आइरहेको ना २७ प ३८११ नम्बरको मोटसाइकलमा भारु ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत विहारका रोहित केशरी र बारा जिल्लाको कलैयाका चतरंजन प्रसाद रहेका छन् ।

ठुलो परिणामको भारुसहित दुईलाई प्रहरीले मंगलवार पक्राउ गरेपनि सार्वजनिक भने बुधवार गरेको हो । पक्राउ परेका दुईलाई र भारुलाई आवश्यक अनुसन्धानको लागि पुल्चोक पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement