हिमालयन बैंकको सञ्चालक समितिको विवाद सल्टाउन राष्ट्र बैंकको निर्देशन

Advertisement

काठमाडौंः हिमालयन बैंकलाई सेयर स्वामित्वका आधारमा सञ्चालक समितिको गठन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतवार यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सञ्चालक समिति गठनसम्बन्धी जारी गरेको नयाँ व्यवथाअनुसार आफूहरुको वर्चश्व कम हुने भएपछि अहिलेका सञ्चालकहरुले नयाँ समिति गठन गर्न मानिरहेका छैनन् ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले शेयरधनीका आधारमा सञ्चालक समिति गठन गर्न राष्ट्र बैंकको निर्देशन आएको स्वीकार गरे । उनले अब छिट्टै सेयरधनीका आधारमा संस्थापकबाट ५ जना, एक जना स्वतन्त्र र एक जना साधारण शेयरधनीबाट सञ्चालक नियुक्ती गर्ने बताए ।

बैंकमा संस्थापन पक्षको ८५ प्रतिशत र सर्वसाधारणतर्फको १५ प्रतिशत लगानी रहेको छ । तर, सर्वसाधरणतर्फका सेयरधनीहरुले भने संस्थापन पक्षको सेयरलाई ५१ प्रतिशत मानेर सञ्चालक समिति गठन गर्न प्रस्ताव गरेका छन् । उनीहरुको माग अनुसार समितिको चयन भएमा संस्थापन पक्षका तीन जना मात्र समितिमा अटाउने छन् ।

सोही विवादका कारण बैंकको साधारणसभाबाट पारित भएको बोनस सेयर चुक्ता पूँजीमा सुचिकृत हुन सकेको भएको छैन् । बैंकको चुक्ता पूँजी आठ अर्ब रुपियाँ बराबरको छ ।

Advertisement

Advertisement

Advertisement