पेलेले ब्राजिललाई तीन वटा विश्वकपको उपाधि यसरी दिलाएका थिए.....

Advertisement

काठमाडौंः अहिलेसम्म सञ्चालन भएका विश्वकपका प्रत्येक संस्करणमा सहभागी भएको एकमात्र देश ब्राजिलको पहिलो पटक विश्व विजेत बन्ने लक्ष्य सन् १९५४ सम्ममा सफल हुन सकेको थिएन ।

सुरुवातका पाँच वटा प्रतियोगितामा उत्कृष्ट खेल्दै विश्वकपको उपाधि जित्न नसकेको ब्राजिललाई पेलेले सन् १९५८ मा पहिलो पटक विश्वकप जिताएर इतिहास रचेका थिए ।

फुटबललाई देशको पहिचान र धर्म मान्ने विश्वको एकमात्र देश ब्राजिलले सन् १९५० मा चौंथो विश्वकपको आयोजना घरमै गरेको थियो । तर, फाइनलमा छिमेकी राष्ट्र उरुग्वेसँग पराजित भएसँगै घरेलु मैदानमा विश्व विजेता बन्ने उसको लक्ष्य पूरा हुन सकेन ।

तर, पेलेको जन्म भएपछि ब्राजिलको अन्तर्राष्ट्रिय जगतमा फुटबलको पहिचान फेरियो । उनी सन् १९५८ को विश्वकपमा ब्राजिलियन टोलीमा अटाएपछि टिमलाई पहिलो विश्वकपको उपाधि जिताए । उक्त प्रतियोगितामा पेलेले सार्वधिक छ गोल मात्र गरेनन्, उत्कृष्ट खेलाडी पनि बने ।

फ्रान्सविरुद्ध सेमिफाइनलमा पेलेले ब्राजिलको लागि ह्याट्रिक गरेपछि ५-२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पनि पेलेले आफ्नो जादुमय फुटबल प्रदर्शन गरे । उनले फाइनलमा स्वीडेनविरुद्ध दुई गोल गर्दै ब्राजिललाई पहिलो पटक विश्वकप उपाधि दिलाए ।

यस्तै, सन् १९६२ मा चिलीमा भएको विश्वकपको सातौं संस्करणमा पनि पेलेको प्रस्तुती र आकर्षण उस्तै थियो । उनले समूह चरणमा मेक्सिकोविरुद्ध पहिलो खेलमा गोल गरेपनि अन्य खेलमा भने गोल गर्न सकेनन् । तर, पनि पेलेको खेल ब्राजिलियन टिममा प्रभाव उस्तै थियो ।

प्रतियोगिताको फाइनलमा चेकोस्लोभाकियालाई ३-१ गोलले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो पटक उपाधि जितेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने नयाँ कीर्तिमान ब्राजिलले रच्यो ।

तर, सन् १९६६ मा इंग्ल्याण्डमा भएको विश्वकपमा ब्राजिल समूह चरणबाट बाहिरियपनि सन् १०७० को विश्वकपमा नयाँ इतिहास बनायो । प्रतियोगितामा सानदार सुरुवात गरेको ब्राजिलले फाइनलमा इटालीलाई ४-१ गोलले पराजित गर्दै तेस्रो पटक उपाधि उचाल्यो ।

उक्त विश्वकपमा ४ गोल गरेका पेलेले सर्वोत्कृष्ट खेलाडी बने । उनले खेलेका विश्वकपका १४ खेलमा पेलेले १२ गोल गरे ।

साथै, उनले आफ्नो खेल जिवनमा एक हजार ३६३ खेलबाट एक हजार २८१ गोल गरेका थिए । हालसम्म एक हजारभन्दा बढी गोल गर्ने एकमात्र खेलाडी पेले हुन् । यस्तै उनले ब्राजिलको लागि ९१ खेलबाट ७७ गोल गरेका छन् ।

Advertisement

Advertisement

Advertisement