सेयर बजारमा कर बढाउने प्रयास असफलसँगै अर्थमन्त्री नैतिक संकटमा, कर हटेपछि नेप्सेमा सुधार

Advertisement

काठमाडौंः पुँजीबजारमा पुँजीगत लाभकर बढाउने अर्थमन्त्री युवराज खतिवडाको प्रयास असफल भएको छ । लगानीकर्ता कारोबार रोकेर आन्दोलनमा उत्रिएपछि सरकार वार्ता गर्न बाध्य भएको हो ।

सरकारले बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पूँजीगत लाभकर गणना गर्ने निर्णय गरेपछि शेयर लगानीकर्ताले आन्दोलन फिर्ता लिएर कारोबारमा सहभागी भएपछि बजारमा पनि निकै सुधार आएको छ ।

लगानीकर्ता र अर्थमन्त्रालयबीच बुधबार भएको वार्तामा तत्कालका लागि पुरानै विधिबाट लाभकर गणना गरिने सहमति भएको हो । सहमतिपछि खुलेको बजारमा नेप्से परिसुचक १३ अंकभन्दा बढिले उक्लिएको छ भने झण्डै २४ करोड रुपियाँको सेयर किनबेच भएको छ ।

Advertisement

Advertisement

Advertisement