‘एक्स्ट्रा टाइमको गोलमै छ मज्जा’ भन्दै सिजीले ल्यायो विश्वकप लक्षित विशेष योजना

Advertisement

काठमाडौंः नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नजिकिँदो विश्वकप प्रतियोगितालाई मध्यनगर गर्दै आफ्ना एलइडी टिभीहरु ‘एक्स्ट्रा टाइमको गोलमै छ मज्जा’ नामक योजनासहित बजारमा प्रस्तुत गरेको छ ।

नेपालाको आइएसओ ९००१ सर्टिफाइड सिजीले आउँदो विश्वकप प्रतियोगितालाई मध्यनजर गर्दै सिजीले विशेष अफरसहित आफ्ना एलइडी टिभीहरु बजारमा ल्याएको हो । बुधाबारदेखि सीमित अवधिका लागि नेपालभरी लागू गरिएको यस योजनाहरुमा ग्राहकले सिजीका २० इन्चदेखि ४३ इन्चसम्मको कुनै पनि नर्मल तथा स्मार्ट टिभीहरु खरिद गरेपछि एक्स्ट्रा (थप) ३० प्रतिशतसम्मको नगद छुट र नेपालमै पहिलो पटक लागू गरिएको एक्स्ट्रा ३ वर्षको वारेण्टी प्राप्त गर्न सकिने छ ।

त्यसैगरी, सो भन्दामाथिको टिभीहरुमा सिजी कै मल्टीमिडिया स्पिकर र तीन वर्ष वारेण्टी प्राप्त गर्न सकिने छ सिजीका टिभीहरु खरिद गर्ने मध्येबाट प्रत्येक हप्ता एक जना बिजेतालई सिजी कै अर्को एलइडी टिभी प्रदान गरिने जनाइएको छ ।

त्यसबाहेक सिजीको अफिसिएल फेसबुक पेजको कन्टेस्टमा भाग लिई ग्राहकले दैनिक आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement