‘भ्वाईस अफ नेपाल’को प्रायोजन टिभिएस अपाचेले गर्ने

Advertisement

काठमाडौंः टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले अन्तर्राष्ट्रिय टेलिभिजन गायन कार्यक्रम ’भ्वाइस अफ नेपाल’को मुख्यप्रायोजक गर्ने भएको छ । नेदरल्यान्डसको चर्चित अन्तर्राष्ट्रिय गायन शो ‘द भ्वाइस अफ होल्ल्यान्ड’को नेपाली संस्करणको प्रायोजन टिभिएस अपाचेले गर्ने भएको हो ।

नेपालमा पहिलो पटक यो कार्यक्रम ’भ्वाइस अफ नेपाल’ नाम गरेर प्रसारण हुनेछ । कार्यक्रमले अज्ञात युवा नेपाली प्रतिभा (अकल, युगल, पेशावर र शौकिया)लाई चिनाउने र सम्मानित गर्ने लक्ष्य आयोजकले राखेको छ ।

प्रतियोगीहरुले जुनगायन शैलीमा आफुलाई सबैभन्दा राम्रो गाउँन आउँछ, त्यही शैलीमा गाउँन पाउँछन । कुनै गायन शैली बिशेष एपिसोडहरु नहुँने जनाइएको छ । कार्यक्रम यही साउनको पहिलो हप्तादेखि चार महिना सम्म लगातार चल्ने छ । पहिलो सिजनमाकुल ३० एपिसोडहरु लाईभ टेलिभिजनमा प्रसारन हुने छ ।

Advertisement

Advertisement

Advertisement