समयमा काम नसक्ने एक निर्माण व्यवसायी पक्राउ

Advertisement

चौताराः विभिन्न बहाना बनाई समयमै काम सम्पन्न नगर्ने एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि मुढेसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएका सुनौलो खिम्ती जेभीका ठेकदार धर्मराज भण्डारीलाई आज चौताराबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

खाडीचौरदेखि मुढेसम्मको २५ किमीको रु ३९ करोडमा मुख्य ठेकेदार भारतको सीमाञ्चल/गौरी पार्वती/सुनौलो खिम्ती जेभीसँग ठेक्का सम्झौता थियो ।

खाडीचौरदेखि चरीकोटसम्मको ५५ किमी सडकको तीन मिटर कालोपत्रे सडकलाई सात मिटर चौडा गरी कालोपत्रका लागि भारतको एक्जिम बैंकको ऋण सहयोगमा सञ्चालन भएको थियो । दोस्रो खण्ड पर्ने मुढे–चरीकोट ३० किमी सडकका लागि भारतको सकिल हैदर/गौरी पार्वती/सुनौलो खिम्तीसँग ७० करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

पहिलो खण्डको गत मंसिरसम्म सम्पन्न हुनुपर्ने र दोस्रो खण्डको गत वैशाखमा सम्पन्न गरिसक्नुपर्नेमा दशैँपछिदेखि नै काम बन्द गरी काममा बाधा पुर्याएको भनी स्थानीयवासीले बेलाबेलामा आवाज उठाउँदै आएका थिए । स्वीस सरकारको सहयोगमा चार दशकअघि निर्मित खाडीचौर जिरीसम्मको ११० किमी सडक कृषि सडकका रुपमा निर्माण भएको थियो ।

हाल सडक ज्यादै साँघुरो भएपछि दुई वर्षअघिदेखि सडक सुधारको काम भएको थियो । सडक चौडा गर्ने र टेवा पर्खालको काम ९० प्रतिशत पूरा भए पनि दुवै खण्डको जम्मा काम ६० प्रतिशत मात्र भएको सडक सुधार तथा विकास आयोजनाअन्तर्गत लामोसाँघु–तामाकोशी–जिरी सडक योजनाका प्रमुख केदार नेपालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement