प्रदेश ७ का जनप्रतिनिधिको तलव सुविधा बढाइयो

Advertisement

धनगढीः स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा वडा सदस्य र जिल्ला समन्वय समितिका सदस्यलाई पनि तलबको व्यवस्था गरिएको छ ।

पारित विधेयकमा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकले पाउने पारिश्रमिकमा वृद्धि गरिएको छ । मासिक रुपमा गाउँपालिका सदस्यले रु पाँच हजार, गाउँकार्यपालिका सदस्यले रु आठ हजार, नगरपालिका सदस्यले रु छ हजार, नगरकार्यपालिका सदस्यले रु नौ हजार, उपमहानगरपालिका सदस्यले मासिक रु सात हजार र उपमहानगर कार्यपालिका सदस्यले मासिक रु १० हजार तथा जिल्ला समन्वय समितिका सदस्यले रु ११ हजार तलब पाउने व्यवस्था विधेयकमा गरिएको छ ।

यस्तै, यसअघि स्थानीय तहका प्रमुखलाई मात्र गाडीको व्यवस्था रहेकामा उपप्रमुखले पनि गाडीको सुविधाका साथै एक जना कानूनी सल्लाहकार राख्न पाउने व्यवस्था छ । सरकारी सेवाबाट अवकाश लिएर जनप्रतिनिधि बनेकाहरुले दोहोरो सेवा नपाउने व्यवस्था गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुखले मासिक रु ४० हजार ५०० र उप्रप्रमुखले रु ३५ हजार ५०० पारिश्रमिक पाउनेछन् । उपमहानगरपालिका प्रमुखको तलब मासिक रु ४० हजार, उपप्रमुखको रु ३५ हजार र वडाध्यक्षको रु २४ हजार तोकिएको छ ।

यस्तै नगरपालिका प्रमुखको मासिक रु ३५ हजार, उपप्रमुखको रु ३० हजार र वडाध्यक्षको रु २२ हजार तोकिएको छ । यसैगरी गाउँपालिका प्रमुखले मासिक रु ३० हजार, उपप्रमुखले रु २५ हजार र वडाध्यक्षले रु २० हजार पारिश्रमिक पाउनेछन् ।

समन्वय समितिका संयोजक, सहसंयोजक, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक रुपमा सञ्चार खर्च पाउने व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement