आयल निगमका कार्यकारी निर्देशक खड्काको राजीनामा, आफूमाथि षड्यन्त्र गरेको आरोप

Advertisement

काठमाडौंः जग्गा खरिद प्रक्रियामा भष्टाचार गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजिनामा दिएका छन् । जग्गा खरिद काण्डमा मुछिएपछि सरकारबाट बर्खास्तमा पर्दै मन्त्रालय तानिएका उनले विहीवार पत्रकार सम्मेलनमार्फत राजिनामा दिएका हुन् ।

उनलाई सरकारले नौ महिना अघि बर्खास्त गरेपछि अदालतको आदेशपछि पुन निगम फर्किएका थिए । निगममा फर्किएपछि आपूर्ति मन्त्रालयले मन्त्रालयमा जिम्मेवारी विहीन बनाएको थियो ।

राजीनामा दिँदै खड्काले निगमलाई मार्गप्रशस्त गर्नलाई उक्त निर्णय गरेको बताए । उनले आफुमाथि देशी र विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप लगाए । यस्तै खड्काले गलत तत्वले आफुलाई मन्त्रालयको एक कुनामा थन्काएको बताए ।

Advertisement

Advertisement

Advertisement