गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

Advertisement

काठमाडौंः गरिमा बिकास बैंकले ‘गरिमा दम्पति बचत खाता’ सञ्चालनमा ल्याएको छ । ‘सर्वोच्च सम्पत्ति सुखी दम्पति’ नारासहित बैंकले नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

प्रदेश नं. १ अन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

जेठ २३ गते बुधबार झापाको मेची पुलबाट गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निःशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ ।

बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाइल बैंकिङ सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन ।

Advertisement

Advertisement

Advertisement