भारत तस्करी गर्न लागिएको २४ लाख बराबरको सुनचाँदी बरामद

Advertisement

काठमाडौंः गएराति महोत्तरीको मटिहानीबाट सशस्त्र प्रहरीले २४ लाख रुपियाँ बराबरको सुनचाँदीसहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरी हुँदै अवैधरुपमा भारत लैजान लागिएको सुनचाँदी सुराकीको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपममहानगरपालिकाका २४ वर्षीय दीपेन्द्र ठाकुर रहेका छन् । युवकको साथबाट प्रहरीले २४ लाख रुपियाँ मूल्य पर्ने २० किलो चाँदी र दुई सय ग्राम सुन बरामद गरेको छ ।

त्यस्तै, प्रहरीले युवकको साथबाट एक थान मोबाइल र ०७ एबी ४९१८ भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ । अवैध सुनचाँदीसहित पक्राउ परेका ठाकुरलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय पथलैया पठाइएको बताएको छ ।

Advertisement

Advertisement

Advertisement