गोपाल खड्काले आयल निगम छोडेपछि मन्त्री यादवले धन्यवाद दिए

matrika_yadav

काठमाडौंः नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले उनलाई धन्यवाद दिएका छन् । मन्त्री यादवले विहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खड्काले मन्त्रालयलाई काम गर्न सहज वातावरण बनाइ दिएको भन्दै धन्यवाद दिएका हुन् ।

उनले आयल निगममा नयाँ नियुक्ति सुरु गरिने र अब नयाँ एमडी नियुक्त गर्दा प्रतिस्पर्धाबाट गरिने बताए । सम्मेलनमा केही समयमात्र बोलेको उनले आयल निगमको जग्गा खरिदबारे भएको भ्रष्टाचार प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेकाले मन्त्रलायले हस्तक्षेप नगर्ने बताए ।

united_cement

मन्त्री यादवले पेट्रोलियम पदार्थ भण्डारका लागि मन्त्रालयले जग्गा खोजिरहेको भन्दै जग्गा पहिचान भएपछि टुङ्गा लाग्ने बताए ।