कर फिर्ता भएपछि पनि सेयर बजारको सुधार टिक्न सकेन, नेप्से २५ अंकले घट्यो

nepse

काठमाडौंः सरकारले लगाएको अतिरिक्त कर फिर्ता लिएपनि लगातार घटबढ हुँदै आएको सेयर बजार साताको अन्तिम दिन पनि गिरावट आएको छ । आज नेप्सेमा २५ दशमलव ६८ अंकले गिरावट आउँदै एक हजार २५७ अंक कायम भएको छ ।

नेप्सेमा गिरावट आएपछि विहीवार ४६ करोड ८५ लाख रुपियाँ बराबरका १४ लाख कित्ता सेयर कारोबार भए । बुधवार भने लगानीकर्ताको विरोधपछि खुलेको नेप्से १३ अंकले बढ्दै २४ करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।

nic-asia

आज सेयर बजारमा सबै समूहमा गिरावट आएको छ । बीमा समूहमा सबैभन्दा एक सय ७४ दशमलव ७६ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त र हाइड्रोपावर समूहमा समान क्रमशः ३५ दशमलव ५४ अंक र ३५ दशमलव ५९ अंकले घटेको छ ।

होटल समूहमा ३९ दशमलव ३९ अंकले, विकास बैंक समूहमा २४ दशमलव ४५ अंकले र बाणिज्य बैंक समूहमा २० दशमलव ७५ अंकले गिरावट आएको छ ।