रियलबाट रोनाल्डो ‘आउट’, नेइमार ‘इन’को सम्भावना

Advertisement

एजेन्सीः स्पेनीस क्लब रियल मड्रिडमा आबद्ध रहेर व्यवसायीक फुटबल खेलीरहेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छाडने भएका छन् । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग असहमती भएपछि रोनाल्डोले रियल छाड्न लागेको समाचार अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका हुन् ।

सञ्चारमाध्यमका अनुसार क्लब अध्यक्ष पेरेजले रोनाल्डोसँग भएको नयाँ सम्झौता बमोजिमका मागहरु पुरा गर्न नसक्ने बताएपछि रोनाल्डो क्लब छाड्ने निष्कर्षमा पुगेको उल्लेख गरिएको छ । उक्त असहमतीपछि नयाँ सिजनबाट नै रोनाल्डोले रियल छाड्ने सम्भावना बढ्दै गएको स्पेनिस मिडियाले जनाएका छन् ।

गत मंगलवार रियलका प्रमुख कार्यकारी जोसे एञ्जल र रोनाल्डोका एजेन्टीच भएको वार्ता निष्कर्ष विहिन टु्ङिगएको थियो । रोनाल्डोका मागहरुका विषयमा भने खुलाइएको छैन् ।

उनको उक्त निर्णय सञ्चारमाध्यमबाट बाहिरिएपछि धेरैलाई आश्चर्यमा पारेको छ । तर, रोनाल्डोको क्लब बर्हिगमनपछि रियलले भने ब्राजिलियन युवा खेलाडी नेइमारलाई क्लबमा ल्याउने योजना बनाएको बताइएको छ ।

हाल नेइमार र रियल मड्रिडबीच निरन्तर सम्पर्क भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement