डीडी बेकरीले निम्न वर्गीय महिलालाई दियो बेकरी तालिम

Advertisement

काठमाडौंः डीडी बेकरीले असहाय, पिछडिएका र निम्न वर्गका महिलालाई बेकरीका परिकार बनाउने तालिम प्रदान गरेको छ । बेकरीले तीन दिनको तालिम दिनुका साथै महिलाहरुलाई लक्षित गर्दै ‘जेन्डर लिडरसिप वर्कसप’ समेत सञ्चालन गर्दै आएको हो ।

वर्कसपमा लैंगिक समानता, महिलाको आर्थिक शसक्तिकरण लगायत विषयमा प्रशिक्षण दिईएको आयोजकले बताएको छ । दक्षिण कोरियाली दातृ निकाय कोइकाको आर्थिक सहयोगमा दक्षिण कोरियाकै ‘एसिया वुमन ब्रिज डु रन डु रन’ संस्था र एकता बहुउदेश्यीय सहकारी संस्थाले तीन वर्षदेखि महिलालाई बेकरी बनाउने तालिम दिँदैआएको छ ।

हालसम्म पाँचवटा ब्याचको तालिम सकेर कामगरिरहेको डीडी बेकरीले जनाएको छ । हरेक ब्याचमा १५ देखि २० जनासम्मलाई तीन महिना बेसिक र त्यसपछि तीनमहिना एडभान्स तालिमदिइने गरेको जानकारी डीडी बेकरीले दिएको छ ।

Advertisement

Advertisement

Advertisement