मेगा बैंकको ‘जीवन साथी’ र ‘स्वर्णिम बचत खाता’ योजना सञ्चालनमा

Advertisement

काठमाडौंः मेगा बैंकले ग्राहकहरुका लागि दुई वटा आकर्षक बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले ‘मेगा जीवन साथी बचत खाता’ र ‘मेगा स्वर्णिम बचत खाता’ योजना सञ्चालनमा ल्याएको हो ।

बिहे गर्ने तयारीमा रहेका र विवाहिता जोडीलाई प्राथमिकता दिएर ल्याइएको ‘मेगा जीवन साथी बचत खाता’ योजनामा आकर्षक सुविधाहरु रहेको बैंकले बताएको छ । न्यूनतम पाँच हजार रुपियाँमा नै खोल्न सकिने उक्त खातामा त्रैमासिकरुपमा भुक्तानी हुने गरी बार्षिक सात प्रतिशत ब्याज पाइनेछ ।

यस योजनामा ग्राहकहरुलाई चेकबुक, अनलाइन बैंकिङ, अकाउन्ट स्टेटमेन्ट, सी–आस्वा लगायतका सुविधा निःशुल्क रुपमा प्रदान गरिनेछ । यस योजनामा मेगा भिसा डेबिट र क्रेडिट कार्ड, मेगा स्मार्ट मोबाइल बैंकिङ लगायतका सुविधा समेत लिन पाइने छ । योजना अन्तर्गत ग्राहकहरुलाई पाँच लाख रुपियाँसम्मको निःशुल्क दुर्घटना मृत्यु बिमा, ५० हजार रुपिँयासम्मको निःशुल्क स्वास्थ्य बिमा, सामान खरिदका लागि पाँच लाख रुपिँयासम्मको इएमआई सेवा दिइने बैंकले जनाएको छ ।

यस्तै ‘मेगा स्वर्णिम बचत खाता’ योजनामा दैनिक आठ प्रतिशत ब्याज पाइने यो खाता पाँच हजार रुपियाँ खोल्न सकिनेछ । यो योजनामा चेकबुक, मेगा स्मार्ट मोबाइल बैंकिङ सेवा, अनलाइन बैंकिङ, भिसा डेबिट कार्ड, अकाउन्ट स्टेटमेन्ट निःशुल्क पाइन्छ । यस्तै, दुई लाख रुपैँयासम्म एबीबीएस सेवा निःशुल्क गरिएको छ ।

यो खाता खोलेर त्रैमासिकरुपमा १० लाख रुपिँया बचत गर्ने ग्राहकहरुलाई बैंकका कर्मचारीले घरदैलोमै पुगेर सुविधा प्रदान गर्नेछन् । उपत्यका र उपत्यका बाहिरका ग्राहकहरुले यस योजना अन्तरगत प्राइभेट बैंकिङ सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement