गुरासँ लाइफ र पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरामा सेमिनार सम्पन्न

Advertisement

काठमाडौंः गुराँस लाइफ इन्स्योरेन्स र पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा चार नम्बर प्रदेशको राजधानी पोखरामा ‘फन्डामेन्टल अफ लाइफ इन्स्योरेन्स एण्ड इट्स मार्केट टैृन्डस् इन नेपाल’ विषयमा एकदिवसिय सेमिनार सम्पन्न भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई तथा पोखरा विश्वविद्यालयका डिन हरी बहादुर खड्का को प्रमुख आतिथ्य एवं कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

समग्र जीवन वीमाको बजार तथा नेपालमा यसको अवस्था वारेमा वोल्दै पोखरा विश्वविद्यालयका प्राध्यापक घिमिरेले विभिन्न तथ्यांक प्रस्तुत गर्दै बजारको माग अनुरुप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जिवन वीमाको प्रकृया तथा जिवन वीमा कम्पनीको साँगठनीक ढाँचा, दावी भुक्तानी प्रकृया, अण्डरराइटिङ्ग सम्बन्धी व्यवस्था , कम्पनीको वोनस निर्धारण प्रकृयाहरुको बारेमा सहभागीहरुलाइ प्रशिक्षण गराएका थिए ।

Advertisement

Advertisement

Advertisement