प्रदेश नं. ५ लाई उत्तरगंगा बनाउने इच्छा

Advertisement

काठमाडौंः प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उत्तरगंगा जलविद्युत आयोजना प्रदेश सरकारले बनाउन चाहेकोले उक्त आयोजना आफूहरुलाई दिन आग्रह गरेका छन् ।

उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुनसँगको भेटमा पोखरेलले उक्त आयोजना बनाउने इच्छा देखाएका हुन । तीनसय मेगावाटको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न जलविद्युत कम्पनी स्थापना गर्ने भनेर हालैको बजेटमा बजेट विनियोजन गरिएको छ ।

पुन र पोखरेलबीच बुटबलमा बिहीबार भएको भेटमा प्रदेश सरकारका मन्त्रीहरु पनि सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement