कृषिप्रधान मुलुकमा २१ प्रतिशत खेतीयोग्य जमिन बाँझै

agricultural_land_without_plantation

काठमाडौंः कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ । कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो ।

कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझै छ ।

united_cement

नेपालको कुल क्षेत्रफल १४ करोड ७१ लाख ८१ हजार हेक्टर क्षेत्रफलमध्ये गत बर्ष ३० लाख ९१ हजार हेक्टरमा खेती गरिएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।