विद्युत चोरी गर्ने २३ जना सप्तरीबाट पक्राउ

Advertisement

राजविराजः विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।

पक्राउ परेकाको साथबाट छवटा विद्युत् मिटर, दुईवटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए ।

पक्राउ परेकालाई विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत प्रत्येक व्यक्तिबाट १५ हजार ५०२ रुपियाँ राजस्व तिराइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

केही दिनयता विद्युत् चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरण, राजविराजले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement