कन्काई विकास बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

Advertisement

काठमाडौंः कन्काई विकास बैंकले एलआईसी नेपालसँग बैकास्योरेन्स सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य र एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले झापाको दमकमा आयोजित एक समारोहबीच संझौतामा हस्ताक्षर गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्राहकहरुको चाहना अनुसार एलआईसी नेपालको जीवन बीमा योजनाहरु सबै शाखा कार्यालयहरुबाट बेचिने जानकारी गराए । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत दस्तिदारले एलआईसी नेपालको उच्चतम वोनसदर र उत्कृष्ट ग्राहक सेवाको कारण आम नागरिकहरुले यस कम्पनीको योजनाहरु लिने गरेको बताए ।

Advertisement

Advertisement

Advertisement