नेपाल बैंकर्स संघ र भारतीय बैंक संघबीच सम्झौता

Advertisement

काठमाडौंः नेपाल बैंकर्स संघ र भारतीय बैंक संघबीच सम्झौता (एमओयु)मा हस्ताक्षर भएको छ । सो सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि दुई देशका संघहरुबीच आपसी सहकार्य, क्षमता विकास, सुचना आदान प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्नेछ । साथै, यसले नेपालका बैंकहरुको क्षमता तथा अनुभब अभिवृद्घी गर्न समेत ठूलो मद्दत मिल्ने नेपाल बैंकर्स संघले विश्वास लिएको छ ।

आगामी दिनमा साउथ एसियन रिजनमा सबै बैकर्स संघहरुबीच यसैगरी आपसी समझदारी गर्दै जाने कुरामा समेत सहमति भएको छ ।

Advertisement

Advertisement

Advertisement