इपीएस भाषाको परीक्षा शनिवारदेखि, ८२ हजारको सहभागीता रहने

Advertisement

काठमाडौंः दक्षिण कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

कोरियन भाषाको परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् ।

शनिवार १० बजेदेखि पहिलो चरण र दिउँसो २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने बताइएको छ । परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जनाइएको छ ।

परीक्षाका लागि काठमाडौंमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।

Advertisement

Advertisement

Advertisement