सुन तस्करी प्रकरणका मालिक एमके अग्रवालको घरमा प्रहरीको छापा

chappa

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्र्याइएको ३३ किलो सुनका मालिक भनिएका मोहनकुमार (एमके) अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । सनु प्रक्रकरण बाहिर आएदेखि फरार रहेका अग्रवालको घरमा प्रहरीले शुक्रवार छापा मारेको हो ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न गठित अनुसन्धान समितिले उनको घरबाट महत्वपुर्ण कागजानहरु बरामद गरेको जनाएको छ । सुनसरी धरानका अग्रवाललाई अनुसन्धानको टोलीले पक्राउ गर्ने प्रयास गरे पनि असफल भएको छ ।

united_cement

यसअघि पक्राउ परेका तस्करीमा संलग्नहरुको बयानका क्रममा अग्रवाल ३३ किलो सुनको मालिक भएको बताएका थिए ।