नेपाल इन्स्योरेन्सको एक लाख ६१ हजार कित्ता सेयर लिलामी हुँदै

Advertisement

काठमाडौंः नेपाल इन्स्योरेन्सले आगामी असार ३ गते देखि १० गते सम्म एक लाख ६१ हजार १२४ कित्ता सेयरको लिलामी गर्ने भएको छ । न्युनतम कबोल मुल्य एक सय रुपियाँ राखी कम्पनीले गत बैशाख ५ गतेदेखी जेठ ८ गतेसम्म जारी गरेको हकप्रद सेयर विक्रि नभएपछि लिलामी गर्न लागेको हो ।

कम्पनीको नबिकेको सेयरमध्ये दुई हजार १७७ दशमलव ३० कित्ता संस्थापकतर्फको र एक लाख ५८ हजार नौ सय ४६ दशमलव ८० कित्ता सर्वसाधारण तर्फको रहेको छ ।

आवेदकले लिलामीको सेयरका लागि एनआईबिएल क्यापिटलको लाजिम्पाट, बुटवल, पोखरा, विराटनगर, विरगन्ज, लालदरबार र ललितपुर शाखाबाट आवेदन दिन सक्ने छन् । साथै, नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगन्ज, नारायणगढ र धनगढी तथा देव विकास बैंकका कार्यालयबाट पनि आवेदन गर्न सकिने इन्स्योरेन्सले जानकारी दिएको छ ।

यस इन्स्योरेन्सको सेयरको वर्तमान बजार मुल्य छ सय ८६ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement