ट्रम्पसँग वार्ताका लागि किम सिंगापुर, ट्रम्प पनि आजै जाने

Advertisement

सिङ्गापुरः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन् ।उनी त्यतैबाट आइतबार सिङ्गापुर जाने तयारीमा छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताएका थिए । उनले क्यानाडा प्रस्थान गर्नुअघि शनिबार भने थि – म त्यतैबाट सिङ्गापुर जान्छु तर सिङ्गापुरमा बसाई कति दिन हुन्छ भन्ने कुरा जुन १२ को पहिलो वार्तापछि मात्र थाहा हुन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हुँदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ ।

सिङ्गापुर सरकारले पनि यस वार्ताकोे अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उता उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ ।

उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दै छन् ।

यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो सङ्ख्याका फोटो पत्रकारहरु पुगेका समाचारहरु आइरहेका छन् ।

आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement