स्थानीय जातको धानका बीउ लोप हुँदै

Advertisement

ललितपुरः तीन दशक पहिलेसम्म चितवान जिल्लामा ३१२ जातका धान किसानले रोप्थे । अहिले तीमध्ये अनदी जात बाहेक अधिकांश धानका जात हराइसकेका छन् ।

स्थानीय जात नै लगाउँछु भनेर किसानले खोज्दासमेत पाउने अवस्था छैन । चितवानमा मात्रै होइन देशका अधिकांश क्षेत्रमा उन्नत र हाइब्रिड जातको धानको बीउको प्रयोग बढ्दै जाँदा स्थानीय जात हराउँदै हो ।

तराईदेखि पहाडका ग्रामीण भेगसम्म किसानमा उन्नत र हाइब्रिड धानको बीउको प्रयोग बढ्दै गएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ ।

स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउछन् । पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर धानबालीमा परेको छ ।

स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो । धान नेपालको मुख्य बाली हो । नेपालीले सबैभन्दा बढी खाने अन्न पनि चामल हो ।

Advertisement

Advertisement

Advertisement