लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री नियुक्त

Advertisement

काठमाडौंः लगानी बोर्डको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले बोर्डको उपाध्यक्षमा अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गरेका छन् ।

लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ । प्रधानमन्त्री ओलीले शुक्रबार खतिवडालाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement