युनाइटेड इन्स्यारेन्सको २४औं वार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौंः युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण बबरमहलमा सम्पन्न भएको छ । कम्पनीको सधारण सभा आईतवार सम्पन्न भएको हो ।

सभाबाट कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दैै आर्थिक वर्ष २०७३/०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत भएको इन्रुयोरेन्सले जनाएको छ ।

कम्पनीको आगामी आवको लेखापरीक्षण कार्य गर्नलाई लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्ती गरिएको बताइएको छ ।

सभामा उपस्थित सर्वसाधारण शेयरधनीहरुबाट कम्पनीको सुधार हुदै गईरहेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आगामी दिनहरुमा अझ सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement