एनआइसी एसियाले फेरि ल्यायो सर्वाधित ब्याजदरको मुद्दती निक्षेप खाता, बैंकर्स संघले अब के गर्ला ?

nic_asia_logo

काठमाडौंः यसअघि नेपाल बैंकर्स संघको चेतावनीपछि बढाएको ब्याजदर घटाएको एनआइसी एसिया बैंकले मुद्दती खाताको ब्याजदर १२ प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।

यो अहिले बाणिज्य बैंकहरुले दिएको ब्याजदरमा सबैभन्दा उच्च हो । यसअघि १२ प्रतिशत दिने निर्णय गर्दा संघले एनआइसी एसियालाई संगठनको सदस्यबाट मुद्द गर्ने र कुनै पनि अन्तरबैंकिङ कारोबार नगर्ने चेतावनी दिएको थियो ।

united_cement

संघको बैठकमा मुद्दती खातामा ११ प्रतिशत भन्दा बढि ब्याजदर नदिने भद्र सहमति भएकोमा एनआइसी एसियाले त्यसलाई चुनौति दिँदै १२ प्रतिशत ब्याजदर दिने निर्णय गरेपछि संघले त्यस्तो चेतावनी दिएको थियो । सोही विवादका कारण एनआइसी एसियाका तत्कालिन प्रमुख कायकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा समेत दिएका थिए ।

अहिले फेरि एनआइसी एसियाले सबैलाई उछिन्दै मुद्दती खातामा १२ प्रतिशत दिने निर्णय गरेको छ । बैंकले ग्राहकहरुको हितका लागि सर्वाधित उच्च ब्याजदरसहितको मुद्दती निक्षेप योजना पुन सञ्चालनमा ल्याएको जनाएको छ ।

एनआइसी एसियाको ‘धनबर्षा मुद्दती निक्षेप योजना’ १२ प्रतिशत ब्याजदर प्रदान गरिने छ । यस खातामा मासिकरुपमा ब्याज भुक्तानी गरिने जनाइएको छ ।

यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदरसहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहकहरुमाझ अत्यन्त लोकप्रिय भएको भन्दै बैंकले यस योजनाप्रति ग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

यस पटक पनि यस योजनाबाट व्यक्तिगत एवं संस्थागत ग्राहकहरुले बढी लाभ उठाउने एनआइसी एसियाको विश्वास छ । यस योजनामा जुनसुकै रकमको मुद्दती निक्षेप खाता खोल्न सकिनुका साथै जम्मा गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा सुबिधासमेत उपलब्ध गराउन सकिने जनाइएको छ ।

एनआइसी एसियाले गएको चैतसम्मको वित्तीय विवरणमा निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढि निक्षेप संकलन गर्न तथा कर्जा प्रवाहमा निजी क्षेत्रको बैंकहरुमा ठूलो बैंकको रुपमा स्थापित भएको थियो ।