गोरे, एसएसपी खत्री र नेता गुरुङलाई सोमबार काठमाडौं ल्याइँदै

Advertisement

काठमाडौंः विमानस्थलबाट भित्र्याइएको ३३ किलो सुन तस्करी प्रकरणका तीन आरोपीहरुलाई काठमाडौं ल्याइने भएको छ । तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो ।

मारेङ जिल्ला अदालतले राजधानी लग्न अनुमति दिइसकेकाले आज (सोमबार) दिउँसोको फ्लाइटबाट काठमाडौं ल्याइने बताइएको छ । गोरे र भुजुङलाई जिल्ला कारागार, मोङमा र खत्रीलाई क्षेत्रीय कारागारमा राखिएको थियो ।

उनीहरुलाई काठमाडौं झिकाएस सम्पत्ति सुद्धिकरण मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । गारेरेले पक्राउ परेपछि ३३ किलो सुनका मालिक एमके अग्रवाल र श्याम खत्रीको नाम लिएका छन ।

Advertisement

Advertisement

Advertisement