सरकारले रोक्यो निर्माण व्यवसायीको बैंक खाता

Advertisement

काठमाडौंः समयमा निर्माण कार्य सम्पन्न नगरेको भन्दै सरकारले निर्माण व्यवसायीहरुको बैंक खाता रोक्का गरेको छ । निर्माण व्यवसायीले गुणस्तरीय निर्माण कार्य नगरेको निँहुमा पक्राउ गर्दै आएको सरकारले व्यवसायीको बैंक खाता पनि रोक्का गरेको हो ।

सरकारले हालसम्म एक सय ५० भन्दा बढी निर्माण व्यवसायीको खाता रोक्का गरेको बताइएको छ । निर्माा व्यवसायी महासंघले खाता रोक्का गरेपछि सरकराले व्यवसायीलाई आतकिंत पार्ने काम गरेको बताएको छ ।

महासंघले राज्यबाट भएका कमजोरीहरु पनि सरकारले समिक्षा गर्न पर्ने बताएको छ । निर्माण व्यवसायीको फर्मको नाममा रहेको सरकरालाई बुझाउन पर्ने कर बापतको १० करोड रुपियाँ रहेको बताइएको छ ।

सरकराले आइतवार प्रदेश नम्बर ७ का ५५ वटा निर्माण व्यवसायीको खाता रोकेको छ । यस्तै सरकारले निर्माण व्यवसायीको नाममा सूचना जारी गर्दै कर तिर्न बोलाएको छ ।

Advertisement

Advertisement

Advertisement