आरके ज्वेलर्समा छापा, ठूलो परिमाणमा सुन बरामद

Advertisement

काठमाडौंः राजधानीको न्युरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले छापा मारेको छ । अनुसन्धान समितिका संयोजक इश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले ज्वेलर्समा छापा मारेको हो ।

प्रहरीले आरकेको दुई वटा पसलबाट नै ठुलो परिणाममा सुन बरामद गरेको जनाएको छ । आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रहरीले यसअघि शुक्रवार सुन तस्करीका मुख्य लगानीकर्ता एमके अग्रवालको घरमा पनि छापा मारेको थियो ।

Advertisement

Advertisement

Advertisement