सिभिल बैंकले बचत खातामा १० प्रतिशत ब्याज दिने

Advertisement

काठमाडौंः बैंकर्स संघले ब्याजदरको पुरानो सहमति खारेज गरेपछि सिभिल बैंकले बचत खाताको ब्याज बढाएर १० प्रतिशत पुर्याएको छ । बैंकले ‘सिभिल चन्द्र सुर्य बचत खाता’ योजना सार्वजनिक गर्दै नयाँ ब्याजदर सहितको बचत योजना ल्याएको हो ।

यसअघि संघले निक्षेपमा ११ प्रतिशत र बचतमा आठ प्रतिशतभन्दा बढि ब्याज नदिने सहमति कार्यान्वयनमा ल्याएको थियो । आइतबारबाट सहमति खारेज गरेसँगै बैंकले ब्याजदर दुई प्रतिशत ब्याजदर बढाएको हो ।

बैंकले मुद्दति खातामा पनि ब्याज बढाएको छ । मुद्दति खाताका निक्षेपकर्तालाई बैंकले १२ दशमलव २२ प्रतिशत ब्याज तिर्नेछ । मुद्दति खाता खोल्नका लागि तीन लाख रुपियाँ न्युनतम मौज्दात हुनुपर्ने बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement