‘दश हजार मेगावाट देशभित्र खपत गराएर पाँच हजार मेगावाट बेच्ने हो’

Advertisement

काठमाडौंः उर्जा, जलस्रोत एां सिंचाईमन्त्री बर्षमान पुनले विद्युतीय उर्जामा देशलाई आत्मनिर्भर बनाउने दाबी गरेका छन् । पिएचडी एसोशियसनको कार्यक्रममा पुनले छिट्टै देशलाई उर्जामा आत्मनिर्भर बनाउने घोषणा गरे ।

मन्त्री पुनले आगामी १० वर्षमा १५ हजार विजुली उत्पादन गर्ने उर्जामन्त्रालयको तयारी रहेको भन्दै विद्युत खपतको क्षमतासमेत गुणात्मकरुपमा वृद्धि गर्ने योजना रहेको बताए ।

उनले भने, ‘विजुली उत्पादन भएपछि बजारको हामीलाई समस्या हुदैन, हामी १० हजार खपत गर्ने आन्तरिक बजार बनाउछौं । बाँकी पाँच हजार हामीले निर्यात गर्ने योजना बनाएका छौ । ’

मन्त्री पुनले विकासको मुख्य इन्जिन भनेको उर्जा र सिंचाई भएको बताए । उनले सरकारले यो दशक उर्जा दशकको रुपमा बनाउने घोषणा गरिसकेको भन्दै आगामी पाँच वर्षमा सबै जनताको पहुँचमा आधुनिक उर्जा पुर्याउने योजना रहेको बताए ।

मन्त्री पुनले आगामी ५ वर्षमा उद्योगी व्यवसायीले मागेजति विद्युतीय उर्जा दिन सरकार सक्षम हुने दाबी समेत गरे ।

Advertisement

Advertisement

Advertisement