माछापुच्छ्रे बैंकको नयाँ सिइओमा सुमन शर्मा

Advertisement

काठमाडौंः माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुमन शर्मा नियुक्त भएका छन् । उनले नियुक्त भएलगत्तै सोमबारदेखि कार्यभार सम्हालेका छन् ।

बैंकिङ क्षेत्रमा २१ बर्षको बिताएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ करियर शुरु गरेका थिए । त्यसपछि उनले एनएमबि बैंक, माछापुच्छ्रे बैंक हुँदै ग्लोबल आइएमई बैंकमा काम गरेका थिए ।

माछापुच्छ्रे बैंकमा यसअघि झण्डै तीन वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका शर्मा कर्जा तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अनुभवी व्यक्तिका रुपमा चिनिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका उनले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा स्नातकोत्तरसमेत गरेका छन् ।

Advertisement

Advertisement

Advertisement